५४ लागे आमिर

फिल्म । बलिउडका मिस्टर पर्फेक्टनिस्ट आमिर खान मार्च १४ बाट ५४ औ वर्षमा प्रवेश गरेका छन् । पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मार्फत असफलता र आलोचना खेपेका आमिरले रेकर्ड पनि बनाएका छन् । उनले डे फस्टमा सबै भन्दा बढी कमाउने फिल्मको रेकर्ड बनाएका हुन् । आफुले अभिनय गर्ने फिल्मको कथा र स्क्रीनप्लेमा निकै ध्यान दिने भएकाले पनि उनलाई बलिउडका मिस्टर पर्फेक्टनिस्टको रुपमा चिनिन्छ ।

सन् १९७३ मा यादो कि बारात मार्फत बलिउडमा प्रवेश गरेका आमिरले आफुलाई एक्टरसँगै गायक , संगीतकार , निर्देशक , लेखक र निर्माताको रुपमा समेत दर्शक माँझ ल्याईसकेका छन् । डेब्यु फिल्म गरेको तेह्र वर्षपछी अर्थात् सन् १९८८ मा कयामत से कयामत तकमा काम गरेपछी आमिरले फर्किएर हेर्नु परेको छैन । उनि एकपछि अर्को सफलता पाउँदै बलिउडमा अगाडी बढिरहेका छन् । अवार्ड समारोहमा नपुग्ने आमिरले आफ्नो जज दर्शक रहेको बताउदै आएका छन् । आमिर नयाँ फिल्मको तयारीमा समेत जुटेका छन् ।

उनले हलिउड फिल्म ‘फरेस्ट गम्प’ रिमेक गर्ने सोच बनाएका छन् । एकेडेमी अवार्ड सहित दर्शकको मनमा समेत बस्न सफल फिल्मको रिमेकको प्रक्रियालाई आमिरले स्टार्ट गरिसकेको खबर भारतीय मिडियामा छ । उनले अब आफुलाई केहि फरक अवतारमा प्रस्तुत गर्ने सोच बनाएर अगाडी बढिरहेका छन् । त्यसो त उनले गजिनी २ को लागि पनि सोच बनाइरहेको खबर बेला बखतमा आउने गरेको छ । (एजेन्सी)

Facebook Comments