फिल्म । नेपाली फिल्मका दर्शकलाई साउथ इन्डियन फिल्मको लत लगाउने निर्देशक हुन् एसएस राजामौली । नेपालमा थोरै साउथ इन्डियन फिल्महरु आउने समयमा उनि निर्देशित ‘बाहुबली’ ले दर्शकलाई हलसम्म तान्यो । फिल्म वितरण गर्ने कम्पनि मात्र नभई प्रदर्शन गर्ने हल संचालकले पनि राम्रो मुनाफा आर्जन गरे । ‘कट्टप्पा ने बाहुबलीको क्यु मारा ?’ यो प्रश्न दर्शकको मनमा थियो । साउथ इन्डियन फिल्ममा मात्र सिमित प्रभास बलिउड हुँदै विश्वभर आफ्नो क्रेज बढाउदै थिए । त्यसपछि प्रतीक्षामा रहेको फिल्म ‘बाहुबली २’ ले विश्वभर झैँ नेपालमा पनि रेकर्ड ब्रेक कमाइ गर्यो ।

त्यसपछि आएका फिल्महरु केजीएफ , साहो , पुष्पा लगायतका फिल्मले नेपालमा साउथको स्वाद बढायो । भिडियो फिल्म झैँ नेपालमा प्रदर्शन हुने साउथ इन्डियन फिल्महरु रिलिजकै दिन हल आउन थालेका छन् । पुष्पाको अनपेक्षित व्यापार पश्चात खिलाडी , वलीमै , राधेश्याम नेपाल आइसकेका छन् । चैत्र ११ मा ‘आरआरआर’ आउदैछ । नेपाली दर्शकलाई साउथ फिल्म तर्फ आकर्षित गरेका निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ भएकाले नेपालमा पनि उत्तिकै प्रतिक्षित छ ।
भारतीय फिल्मलाई विश्वभर चिनाउने मात्र नभई साउथ इन्डियन फिल्मलाई बलिउड भन्दा अगाडी बढाउने निर्देशक राजामौलीले कन्टेनसँगै स्टारकास्ट पनि बलियो राखेको फिल्म हो ,’आरआरआर’ । फिल्ममा साउथका दुइ स्टार छन् , जुनिएर एन्टीआर र राम चरण । एउटै अभिनेतालाई लिएर फिल्म बनाउन सकिएता पनि निर्देशकले यसमा दुइ स्टारलाई लिएका छन् । यति मात्र नभई बलिउड अर्थात नर्थ इन्डियाका दर्शकलाई मध्यनजर गर्दै अजय देवगन थपिएका छन् । साथमा छिन् आलिया भट्ट ।
फिल्मी यात्रामा निरन्तर सफलताको यात्रामा अगाडी बढेका यी निर्देशकले नेपाली दर्शकलाई सम्बोधन समेत गरेक छन् । एक भिडियो मार्फत उनले नेपाली दर्शकलाई फिल्म रिलिज हुने बारे बताएका हुन् । ‘नमस्त्ते , सम्पूर्ण नेपाली दर्शकलाई । हाम्रो फिल्म आरआरआर यहिँ मार्च २५ मा तपाइको नजिकको फिल्म हलमा हेर्नसक्नु हुनेछ । धन्यवाद , मेरो तर्फबात माया । राजामौली’ उनले भिडियोमा भनेका छन् ।
नेपाल प्रदर्शन अधिकार लिएको वितरण कम्पनि ए एट फिल्मसले अहिलेसम्मकै महँगो रकममा ल्याइएको बताइएको छ । देशभर एक सय २१ बढी पर्दामा शो हुने फिल्मको अधिकाँस शोहरु फिलिङ फास्ट रहेका छन् । फिल्मको टिकेट बुकिङको सट्टा कट्नै पर्ने बाध्यता हुँदा पनि दर्शकहरु फिल्म प्रति आकर्षित छन् ।

निर्देशक राजामौलीले ‘बाहुबली’ सिरिजपछि निर्देशन गरेको मात्र नभई साउथका दुई स्टार जुनियर एन्टिआर र रामचरणको अभिनय रहेकाले पनि यो प्रतीक्षित छ । यसमा बलिउडका कलाकारहरू अजय देवगन र आलिया भट्ट पनि छिन् । यसैले गर्दा यो प्रतीक्षित फिल्म बिग बजेटको फिल्म बनेको छ । बाहुबलीपछि दर्शकमाझ आउन लागेका निर्देशक राजमौलीबाट धेरै अपेक्षा गरिएको छ ।