तिन खानको असफलता बारे के भने रणवीरले ?

फिल्म । गत वर्ष सन् २०१८ बलिउडका तिन खानको लागि सुखद रहेन । तिनै खानको फिल्म बलिउडको बक्स अफिसमा असफल रह्यो । गत वर्ष कन्टेन युक्तफिल्मले दर्शक पाईरहदा खानहरुले भने साख पनि बचाउन सकेनन् । सलमान खान अभिनित रेस ३ , आमिर खान अभिनित ठ्ग्स अफ हिन्दोस्तान र शाहरुख खान अभिनित जिरोले आफ्नो लगानी समेत उठाउन सकेन । तर वर्षको सुरुवाती महिना जनवरीमा पद्मावत र अन्तिम महिना डिसेम्बरको अन्तिम फ्राइडे पर्दामा सिम्बा मार्फत देखिएका रणवीर सिंहको फिल्मलाई भने दर्शकले रुचाए ।

उनै रणवीरको नयाँ फिल्म हो ‘गाली ब्वाई’ । उनले फिल्ममा र्यापरको भूमिका निर्वाह गरेका छन् । फस्ट लुक र टिजर डेटको लाफी तयार गरिएको भिडियो मार्फत नै चर्चा बटुलेको फिल्मको ट्रेलरलाई दर्शकले रुचाएका छन् । बुधवार सार्वजनिक गरिएको ट्रेलरलाइ चौतर्फी प्रसंसा मिलेको छ भने त्यसमा एक स्लोगन रहेको छ ‘अपना टाइम आएगा’ । यसैलाई आधार मान्दै आयोजित पत्रकार सम्मेलनमा रणवीरलाइ एक पत्रकारले खानको समय गएर तपाइको समय आएको हो भनेर प्रश्न गरे , जसमा उनले जवाफ दिए ‘तपाइँले भन्नु हुन्छ भने मान्न तयार छु ।’ तर उनले फिल्मले ब्यापार नगर्दा भने आफुलाई दुख लाग्ने गरेको बताए । ‘हरेक फिल्ममा आर्टिस्टको मेहनत हुन्छ त्यसैले ब्यापार गर्नु पर्छ’ रणवीरले भने ‘तिन् खानको योगदानको आधारमा एक फिल्मले जज गर्न मिल्दैन ।’ फिल्ममा रणवीरको को-स्टार छिन आलिया भट्ट । फिल्मलाई जोया अख्तरले निर्देशन गरेका हुन् । (एजेन्सी सहयोगमा)

कमेन्ट गर्नुहोस्