दर्शकको साथले दंग ‘धुर्मुस र सुन्तली’

फिल्म । शुरबार देखि प्रदर्शनमा आएको नेपाली फिल्मलाई दर्शक प्राप्त छ । पछिल्लो समय ‘छ माया छपक्कै’ पछि दर्शकको राम्रो भिडभाड आमा र सेन्टी भाइरसमा देखिएको हो । यस मध्य ‘सेन्टी भाइरस’ को कुरा गर्ने हो भने पछिल्लो समय समाजसेवा सक्रिय जोडी धुर्मुस र सुन्तली अर्थात सिताराम कट्टेल र कुञ्जना घिमिरेको निर्माण र अभिनय रहेको फिल्मलाई दर्शकको साथ् मिलेको छ । फिल्म हेर्न दर्शकको चाप बढेसंगै यसको निर्माण पक्ष राजधानीको विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिईरहेका छन् । आज बिहान काठमाण्डौको गोपिकृष्ण हल पुगेका मुख्य कलाकार सिताराम र कुञ्जनालाई दर्शकले स्वागत गरे । उनीहरुले ‘सेन्टी भाइरस’की जय भन्दै नारा लगाएका थिए ।

सिंगल र मल्टिप्लेक्स दुवै स्क्रीनमा सुखद सुरुवात गरेको फिल्मलाई विश्वास गरेर दर्शकले माया दिएपछि सिताराम र कुञ्जनाले ‘अन्तरराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा सहयोग गरेको भन्दै दर्शकलाई धन्यवाद दिएका थिए । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्मले राजनीतिक घटनाक्रमको कथालाई उठान गरेको छ । फिल्ममा धुर्मुस र सुन्तलीसंगै दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, वसन्त भट्ट, कमलमणि नेपाल, सन्दिप क्षेत्री, पवन खतिवडा, एलिशा राई, सुनीता घिमिरेलगायतको अभिनय छ । फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्