फिल्म । अभिनेत्री वर्षा राउतले ‘नाई नभन्नु ल सिरिज मार्फत डेब्यु गरिन् । तर , उनलाई स्थापित गराउने श्रेय निर्देशक प्रदीप भट्टराईलाई जान्छ । किनकी ‘जात्रा’ मा गरेको कामपछी उनलाई फिल्मको अफरको लर्को झैँ लाग्यो । यिनै वर्षा अनुबन्धित भएको पछिल्लो फिल्म ‘२ नम्बरी’ हो । उनले करिब ८ महिनापछि यो फिल्म साइन गरिन् । बीचमा उनलाई केहि समय राम्रा फिल्म अफर भएनन् ।
कुरेर बस्दा मिडियाले प्रेसर दिएको उनले गुनासो गरिन् । ‘केहि समय प्रतीक्षा गरेकी हुँ तर मिडियामा मैले फिल्म पाइन् भन्ने खबर आयो’ उनले भनिन् । त्यसो त उनलाई ‘जात्रा’ सिरिज सफलताको क्रेडिट जादैन तर उनको अभिनय क्षमता भने उक्त सिरिजमा हेर्न पाइन्छ । ‘निर्माताहरु महिला केन्द्रीत फिल्ममा लगानी गर्न डराउनु हुन्छ सायद यो फिमको बिजनेसले गर्दा होला’ उनले महिला केन्द्रीत फिल्म नगर्नुको कारण सुनाइन ।
कमेन्ट गर्नुहोस्










