पोस्टरमा हेर्नुस् ‘खुस्मा’

फिल्म । असोज ३ गते रिलिज हुने ‘खुस्मा’ को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । अशोक थापा मगरको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको पोस्टरमा कलाकार धिरज मगर तथा उपसना सिंह ठकुरीलाई रोमान्टिक भावमा देखाइएको छ । पोस्टरमा धिरजले उपसनालाई अगाँलोमा बाँधेको देख्न सकिन्छ । यस्तै, दोश्रो पोस्टरमा उपसनालाई मात्र देख्न सकिन्छ ।

मगर समुदायको पृष्ठभूमिमा तयार गरिएको प्रेमकथा रहेकाले सोही भाव अनुसार फिल्मको पोस्टर तयार गरिएको निर्देशक मगरले बताए । एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्, भने सह-निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दिपक बज्राचार्यको छायांकन रहेको छ ।

फिल्ममा धिरज र उपासनासँगै माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । यो असोज ३ गतेबाट नेपालसहित विदेशमा पनि एकसाथ रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्