फिल्म । विनय श्रेष्ठको निर्माण तथा अभिनय रहेको फिल्म ‘रेशम फिलिली’ ले प्रदर्शन ताका निकै चर्चा पाएको थियो । फिल्ममा समावेश गीत ‘पिरतीको जालमा’ ले चर्चा पाउँदा फिल्मको हाइप बढेको थियो । फिल्मले रिलिजको पहिलो दिन आक्रामक कलेक्सन गरेता पनि त्यसपछि आएको महाभूकम्पले फिल्म प्रदर्शन नै रोकियो । त्यसपछि विनयले फिल्मको त्यो सफलता पाएका छैनन् । उनि निर्मित तथा अभिनित पछिल्लो फिल्म ‘रोमियो एण्ड मुना’ ले पनि व्यावसायिक रुपमा सफलता दिलाउन सकेन ।
यतिबेला विनय नयाँ फिल्मको तयारीमा जुटेका छन् । उनले आफ्नो करियरकै अत्यधिक हिट फिल्म ‘रेशम फिलिली’ को सिक्वेल बनाउने तयारी गरिरहेका छन् । बुझीए अनुसार उनि यसको कस्ट एण्ड क्रु फाइनल गर्ने तयारीमा छन् । त्यसो त उनले केहि समय अगाडी ‘रेशम फिलिली’ कै निर्देशक प्रणव जोशीसंगको टिमअपमा ‘एक पल’ फिल्म निर्माण गर्ने चर्चा पनि नचलेको होइन । तर , त्यसैले अझै पूर्णता पाएको छैन् ।











