‘फिल्म नयाँ अनुभव’ : अञ्जिला

फिल्म । नेपाली राष्ट्रिय महिला फुटबल समूहकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाले आफ्नो जीवनमा फिल्म बन्दा र आफैँले अभिनय गर्न पाउँदा छुटै अनुभव संगालेको बताएकी छिन् । युरोपियन राष्ट्र ग्रिसको महिला ए डिभिजन लिग क्लब निस अट्रोमिटोउबाट खेल्ने भएपछि उनकै जीवनीमा आधारित रहेर निर्माण गरिएको फिल्म ‘अञ्जिला’ समूहद्वारा आयोजना गरिएको विदाई कार्यक्रममा कप्तान सुब्बाले सङ्घर्ष र सफलतालाई फिल्ममा प्रस्तुत गरिएको बताइन् ।

उनले भनिन्,‘मेरो जीवनीले आफ्नो सपनालाई पछ्याउन प्रेरित गरेमा सफलता मिल्ने छ । जीवनीलाई फिल्मसम्म ल्याउन सहयोग गर्नुहुने सबै प्रति कृतज्ञ छु’, कप्तान सुब्बाले भनिन्,‘अहिले नेपाली फुटवलमा महिलाका लागि पनि राम्रो समय सुरू भएको छ । हामीले पछिल्लो समय हासिल गरेको उपलब्धिले हाम्रो मेहनतलाई सबै सामु ल्याएको छ । सबैको सहयोगले युरोपमा पहिलोपटक खेल्ने मौका पाएकी छु । यसको सदुपयोगिताले अन्य खेलाडीसमेत लाभान्वित हुनुहुनेछ भन्ने विश्वास छ ।’

फिल्म ‘अञ्जिला’ कप्तान एञ्जिला सुब्बाको जीवन सङ्घर्ष र सफलतामा आधारित छ । यसमा अञ्जिला आफैँ प्रमुख भूमिकामा देखिएकी छिन् । उनले सम्भव भएका नेपाल बाहिरको देशमा प्रिमियरमा सहभागी हुने बताइन ।

फिल्ममा अन्य कलाकारहरूमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ र बुद्धि तामाङ छन् । यसका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने सह-निर्माताहरूमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन् । यसको छायाङ्कन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् ।

कमेन्ट गर्नुहोस्