फिल्म । सेभेन सिज सिनेमाले नयाँ फिल्म ‘अभिमन्यु’ निर्माणको घोषणा गरेको छ । आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले आगामी साउन २४ गते फिल्म रिलिज हुँदैछ । विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने फिल्मको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ ।
पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गरेको संघर्षको कथा सिनेमाले भन्ने अनुमान लगाउन सकिन्छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति रहने ‘चक्रव्यूह’लाई सुशान्त गौतमले निर्देशन गर्ने छन् । मुकेश खनालले कथा लेखेका छन् । यसको क्रियटिभ निर्देशक मदन थापा रहेका छन् । यसका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । सह-निर्मातामा रमेश चौलागाइ र हरि श्रेष्ठ रहेका छन् ।
कमेन्ट गर्नुहोस्










