तस्वीरमा हेर्नुस ‘लभ स्टेशन’ जोडी

जयहोस् । अनुभवी निर्देशक उज्वल घिमिरेको निर्देशनमा तयार भईरहेको फिल्म ‘लभ स्टेशन’ को सेटबाट तस्वीर सार्वजनिक गरिएको छ । सार्वजनिक तस्वीरमा फिल्मका हिरो हिरोइन प्रदीप खड्का र जसिता गुरुङ फिचर्ड छन् । दुइको केमेष्ट्री तस्वीरमा राम्रो देखिएको छ । प्रदीप म्युजिकमा लागेको झैँ देखिएका छन् भने जसिता पार्टी मुडमा छिन । अर्थात् यो तस्वीर हेरेर पार्टी गीत हो कि अनुमान लगाउन सकिन्छ । पछिल्लो फिल्म ‘लिलीबिली’ सँगै देखिएका प्रदीप र जसिता यतिबेला ‘लभ स्टेशन’ को छायाँकनमा व्यस्त छन् । दार्जिलिङ्गको मनोरम दृश्यमा छायाँकन भइरहेको फिल्मको ५० प्रतिशत छायांकन सकिएको निर्माता गोविन्द शाहीले जानकारी दिएका छन् । फिल्ममा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानालगायतको पनि ‘लभ स्टेशन’ मा अभिनय छ । आलोक शुक्लाको छायांकन रहेको फिल्ममा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । ‘लभ स्टेशन’ लाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।
कमेन्ट गर्नुहोस्