सुरक्षाको सक्रियता

गसिप । इन्जिनियर हिरोइनका रूपमा सुरक्षा पन्तलाई मिडियाले राम्रै भाउ दिने गरेका छन् । यस कभरेजले उनलाई फिल्म दिलाउन त खासै योगदान गरेको छैन, तर यही कारण उनलाई पछ्याउने जमात भने बढ्दै गएको छ । यसको ताजा असर देखियो, हालसालैको सरकारविरोधी आन्दोलनमा।

केही दिनअघि बालुवाटारमा अचानक युवाहरू सरकारसँग विभिन्न माग राख्दै आन्दोलनमा उत्रिए । आन्दोलनसँगै प्लेकार्डमा लेखिएका विवादास्पद नाराले पनि धेरैको ध्यान तान्यो । तर, यो आन्दोलनको सूत्रधारमध्ये एक थिइन्, सुरक्षा पन्त । सरकारलाई दबाब दिन खोलिएको ‘कोभिड १९ः इनफ इज इनफ’ फेसबुक समूहकी उनी एडमिन तथा मोडरेटर थिइन् । यही समूहमा आउने सन्देशका आधारमा प्लेकार्ड बनेका थिए र यिनै प्लेकार्ड बोकेर मानिसले देशका विभिन्न शहरमा जम्मा भएर सरकारको सातो खाएका थिए । घुसपैठ बढ्दै गएपछि आन्दोलनलाई कसरी सेफल्यान्ड गर्ने, यो तनाव त छँदै छ।

तर, सुरक्षाले नेतृत्वमा राम्रै दमखम देखाएकी छिन् । अभिनयका कारण सुरक्षालाई दर्शकले अझै मज्जाले नोटिस गरेका छैनन् । सुरक्षाको दम यता पो देखियो त ! (सम्पूर्ण साप्ताहिकबाट साभार) 

कमेन्ट गर्नुहोस्