यात्राको ट्रेलर हेरौं , एक लाख जितौं

1K Shares

फिल्म । सलिनमान बनिया स्टारर फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । फिल्मको रिलिज मिति नजिकिदै गर्दा निर्माण टिमले मकै एपसँगको सहकार्यमा क्रिज कन्टेस्ट आयोजना गरेको छ । मकै एपसँगको सहकार्यमा आयोजना गरिएको प्रतियोगितामा एक प्रश्न सोधिएको छ , जसको सहि जवाफ दिने मध्यबाट एक भाग्यशालीले १ लाख नगद पाउनेछन् ।

फिल्ममा मलिका महतले तस्प्याको भूमिका निर्वाह गरेकी , उनले आफ्नो आँखाको ज्योति कसरी गुमाउछिन् ? यस प्रश्नको जवाफका लागि सहभागीले ट्रेलर हेरेर दिएको अप्सन मध्य एकमा टिक लगाउने पर्नेछ । टिक लगाएपछि प्रतियोगीले आफ्नो नाम र नम्बरसँगै इमेल सहितको प्रयोग गरि सबमिट गर्नु पर्नेहुन्छ । यसमा विश्वभरका जो कोहीले पनि सहाभागिता जनाउन पाउनेछन् । सहभागिताको लागि https://meromakaii.com/yatra यस लिंकमा क्लिक गर्नु पर्ने हुन्छ ।

नेपालबाट विनर भए १ लाख नगद र विदेशबाट भए नौ सय युएस डलर प्रदान गरिने प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठले बताए । यो प्रतियोगिता आउँदो चैत्र २९ गते विहान ८ बजे बन्द गरिने छ भने आउँदो वैशाख २० गते फेसबुक लाइभ मार्फत विजेता घोषणा गरीनेछ । यस प्रतियोगितामा सहभागी हुनेले उल्लेखित सर्त तथा नियम पढ्नु पनि अति आवश्यक छ ।

फिल्म तपस्याको भूमिकामा देखिएकी मलिकाको वरपर नै घुमेको छ । फिल्ममा डेब्यु फिल्म मार्फत नै आफ्नो एककिसिमको फ्यान फ्लोअर्स बनाउन सफल सलिनमान बनिया सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह- निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् ।

फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसमा पब्लिसिटी डिजाइनरको भूमिका टौवा क्रिएसनले निर्वाह गरेका छन् ।

Facebook Comments