करिश्मासँग सलोन ‘फिक्का फिक्का’ (भिडिओ)

सङ्गीत । अभिनेता सलोन बस्नेत र करिश्मा केसी बस्नेतले एकसाथ म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनीहरुले गायिका समिक्षा अधिकारी र नायक तथा गायक आमेश भण्डारीको स्वर रहेको ‘फिक्का फिक्का’बोलको गीतमा अभिनय गरेका हुन् । जुन गीतको भिडियो शुक्रबार रिलिज गरिएको छ ।

प्रेमिल भावमा बगेको यो गीतका शब्दमा सलोन र करिश्माको जोडीलाई अभिनय गराइएको हो । उनीहरुको जोडी यो गीतको भिडियोमा सुहाएको देखिन्छ । यस गीतको शब्द रचना तथा संगीत गायक भण्डारीले गरेका छन् भने म्युजिक एरेन्ज विश्व अधिकारीको छ ।

गीतको शब्दमा आमेशले सलोन र करिश्माका लागि लेखिदिएको आभास हुन्छ । यसअघि आमेशले सलोन र करिश्माको सिनेमा ‘रंगी’मा गाएका थिए । यसपटक भने उनले ‘फिक्का फिक्का’बोलको गीतमा सहकार्य गरेका छन् । जुन गीतको भिडियो निकै सुन्दर बनेको देखिन्छ । यस गीतको भिडियोलाई कोरियोग्राफी दावा बल तामाङले गरेका छन् भने निर्देशन कविराज गहतराजले गरेका छन् । सौरभ लामाको टिमले खिचेको यो भिडियोको सम्पादन दिनसन शाहले गरेका छन् ।

कमेन्ट गर्नुहोस्