उपत्यकाको ट्याक्सीमा ‘सेन्टी भाइरस’

फिल्म । फिल्मको प्रदर्शन मिती नजिकिदै गर्दा मेकरले विभिन्न मध्यमले प्रचारप्रसार गर्ने गर्छन् । यसैक्रममा हाँस्य कलाकार तथा समाजसेवी धुर्मुस-सुन्तली अर्थात सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको फिल्म’सेन्टी भाइरस’ उपत्यकाको ट्याक्सीमा पोष्टर टाँस्दै प्रचार गरिएको छ । उपत्यका ट्याक्सी व्यवसाय सङ्घसंग सहकार्य गर्दै फिल्म युनिटले प्रचार थालेको हो । सोमबार बिहान एक कार्यक्रमबिच धुर्मुस अर्थात् सिताराम कट्टेलले ट्याक्सीमा पोस्टर टाँसेर कार्यक्रमको सुरुवात गरेका थिए ।

यस अभियानमा सहभागी एक ट्याक्सी चालकले सहयोग गर्न पाउँदा खुसी भएको बताए । रामबाबु गुरुङले फिल्मको निर्देशन गरेका हुन् । फिल्ममा सिताराम र कुञ्जनासँगै दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय छ । रुपाकोट र पोखरामा छायांकन भएको फिल्म सामाजिक व्यंग्यमा निर्माण भएको बताइएको छ । शैलेन्द्र डि. कार्कीले फिल्मलाई खिचेका हुन् ।

यसै फिल्मबाट पहिलो पटक ‘धुर्मुस-सुन्तली’ फिल्म निर्माणमा होमिएका हुन् । उनीहरुको होम प्रोडक्सन कम्पनी सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्माण भएको यसफिल्ममा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । यसलाई डिन्डु लामा ह्योल्मोले फिल्मको निर्माण गरेकी हुन् भने सह-निर्मातामा फूर्पा लामा रहेका छन् । यो फिल्मको मुनाफाको २० प्रतिशत समाजसेवामा खर्च गरिँदैछ ।

कमेन्ट गर्नुहोस्