संगीत । कलाकार हरिवंश आचार्यले ‘तिमी के को जान्ने’ बोलको गाइजात्रा गीत सार्वजनिक गरेका छन् । हरिवंशकै शब्द, स्वर तथा संगीतमा तयार भएको यो गीतमा देशको समसामयिक बिषयमा व्यङ्ग्य प्रहार गरिएको छ । गीत मार्फत शक्तिमा रहेको नेताको चाँकडी कसरी गरिन्छ र उसले आफूलाई कसरी देवत्वकरण गरिरहेको छ भन्ने बिषयलाई व्यङ्ग्य प्रहार गरिएको हो ।
सागरराज शर्माको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा हरि हुमागाँइको छायांकन, सुशिल न्यौपानेको सम्पादन तथा भीएफएक्स छ । भिडियोमा हरिवंश आचार्यलाई नेताको भूमिकामा देख्न सकिन्छ । उनको साथमा शशिकुमार खड्का, किरण तुलाधर, विकास भट्टराई, सुश्मा कार्की लगायतले भिडियोमा अभिनय गरेका छन् ।
कमेन्ट गर्नुहोस्










