‘बम बहादुर’: टिकेट विक्री तथा बुकिङ्ग खुला

फिल्म । शुक्रबारदेखि प्रदर्शन हुने फिल्म ‘बम बहादुर’ को अनलाइन टिकेट विक्री तथा बुकिङ्ग खुलेको छ । दर्शकले आफूलाई उपयुक्त हलमा शो हेरेर टिकेट खरिद गर्न सक्ने निर्माण पक्षले जनाएका छन् । बुधबारदेखि मल्टिप्लेक्स हलहरूले फिल्मको शो सार्वजनिक गरेका हुन् ।

क्युएफएक्सनले आफ्नो नेपालभरका चेनमा शो उपलब्ध गराएको छ । यस्तै, आईएनआई, वान सिनेमाज, एफक्युब, बिएसआर,बिग मुभीज रन्जनालगायतका मल्टिप्लेक्स हलमा पनि फिल्मले उत्साहजनक शो पाएको छ । उपत्यका बाहिर बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, दमौलीलगायतका प्रमुख सहरमा यो फिल्म रिलिज हुँदैछ ।

बिस्ट ब्रदर्स फिल्म्स प्रा.लि.को निर्माणमा बनेको यस चलचित्रको प्रमुख भूमिकामा सौगात मल्ल रहेका छन् । अन्य कलाकारहरूमा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री, धीरज चाम्लिङ लगायतको अभिनय रहेको छ ।

‘बम बहादुर’का निर्माता सञ्जीव सार्की हुन् । जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको यस चलचित्रको छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादन ज्ञान गुरुङले गरेका छन् । यसमा सङ्गीत तथा गीत दीपङ्कर सिंह मुखियाले तयार पारेका हुन् भने म्युजिक एरेन्जमेन्ट तथा ब्याकग्राउन्ड स्कोर इजाज अलीले गरेका छन् ।

चलचित्रका लाइन प्रोड्युसर प्रकाश हमाल, कलरिस्ट कुनाल कुँवर, साउन्ड मिक्सर मुकेश शाह हुन् । वितरण रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछ भने पोस्ट प्रोडक्शन नेपालमा क्लासिक सिने युनिभर्स र भारतमा हिलिङ अक्टेभ्ज स्टुडियोमा गरिएको हो ।

कमेन्ट गर्नुहोस्