असोज १९ मा ‘वानर सेना’

फिल्म । आगामी असोज २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वानर सेना’ एक हप्ता अगाडी प्रि-पोण्ड भएको छ । यो मितिमा आगामी कार्तिक ४ गतेबाट प्रदर्शनको तयारीमा रहेका दुई फिल्ममध्ये ‘परदेशी २’ एक हप्ता अगाडी असोज २६ मा प्रि-पोण्ड भएपछि ‘वानर सेना’ निर्माताले आफुलाई अन्याय भएको भन्दै निर्माता संघमा उजुरी दिएका थिए ।

बिहीबार निर्माता संघको न्यायिक समितिले दुवै फिल्मको निर्माण टिमलाई राखेर छलफल गराएको थियो । न्यायिक समितिका सभापति उदय सुब्बा, निर्माता संघका कार्यसमिति सदस्य किरण नेपाली, वितरक करण श्रेष्ठ, ‘वानर सेना’का निर्माता युवराज गिरी र ‘परदेशी २’का निर्माता राजेश वंशल बिहीबारको छलफलमा सहभागी थिए ।

छलफलमा दुवै फिल्मका निर्माताबीच एक आपसमा मिलेर जाने सहमति भएसँगै ‘वानर सेना’ एक हप्ता अगाडी असोज १९ गते र ‘परदेशी २’ असोज २६ मा प्रदर्शन हुने पक्का भएको हो । आजको सहमति र सहकार्यले नेपाली फिल्म उद्योगमा नयाँ सन्देश जाने विश्वास ‘वानर सेना’ निर्माता गिरीले दिएका छन् । यता वितरक करण श्रेष्ठले सिनेमा एक हप्ता प्रिपोण्ड भएपछि आफुले ‘वानर सेना’को प्रचार प्रसारमा समेत सहयोग गर्ने बताएका हुन् ।

गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतीमा निर्माण भएकको फिल्ममा निर्देशक अर्पण गिरी (अरमान जंग), आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डीत, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, बिशाल बराल, बालकलाकार मास्टर अमित पौडेल र बिशेष भुमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् ।

अर्पण गिरी (अरमान जंग)को डेव्यु निर्देशनमा निर्माण भएको फिल्ममा विनोद सापकोटाको छायांकन, रवी केसीको मेकअप, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत, निर्देशक गिरीको गीत लेखन, प्रविन ढकालको कलर, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्धन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठको भिएफएक्स र बन्दे प्रसादको सम्पाद रहेको छ ।

फिल्मको कथा, पटकथा तथा संवाद पनि स्वयंम निर्देशक गिरीले नै लेखेका हुन् । युवराज गिरीको लगानी रहेको फिल्मलाई करण श्रेष्ठ क्रेजीका रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

कमेन्ट गर्नुहोस्