छठमा गुञ्जियो रविराजको ‘कवाना घाटे अवना जवना’

सङ्गीत । तराईमा श्रद्धापुर्वक मनाइने छठ पर्वको अवसरमा प्राय छठसँगै सम्बन्धित गीतहरू गुञ्जिने गर्छ । प्राय भारतीय गायक गायिकाद्वारा स्वर दिएको गीतको भिडमा विस्तारै नेपालका गायक रविराज शाहको गीत लोकप्रिय बन्दैछ । हालै सम्पन्न छठमा उनले तयार गरेको ‘कवाना घाटे अवना जवना’ बोलको गीत दर्शकले रुचाए ।

यो लोक शैलीको पर्वलाई व्याख्या गरिएको गीतमा व्रतालु रमाए । पूजा, आराधना गरे । भोजपुरी भाषामा रहेको गीतमा लोक सँस्कृति झल्किने भाका तथा नृत्य प्रस्तुत गरिएको छ । उनले मधेशको कला, संस्कृति र पहिचानलाई गीतसङ्गीतको माध्यमले नेपालभर चिनाउने बताए ।

‘म हरेक भाषाको गीत गाउन चाहन्छु । नेपाल संस्कृतिका हिसाबले निकै धनी छ । त्यसैलाई एकठाउँबाट अर्को ठाउँमा चिनाउनु पर्छ’, गायक शाहले भने । मधेशका शाह ‘लोक स्टार’ नामक रियालिटी शोमा उत्कृष्ट १० भित्र पर्न सफल गायक हुन् । मधेशबाट उनले गुनगुनाउँने लोक गीतले धेरैलाई आश्चर्यमा पार्छ ।

कमेन्ट गर्नुहोस्