‘प्रेमको अर्थ’ मा रुक्मान र करिश्मा

फिल्म । गायिका खुसी थुलुङ्ग राईको गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’ मा समावेश गीत ‘प्रेमको अर्थ’ मा रुक्मान लिम्बू र करिश्मा श्रेष्ठले अभिनय गरेका छन् । क्रान्ति सुब्बाको शब्द र हरी लम्सालको सङ्गीतमा तयार भएको गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् ।

मोडल लिम्बूले गीतको भावलाई पर्दामार्फत प्रस्तुत गर्ने कोसिश गरेको बताए । ‘गीत सुनेपछि यसको दृश्यलाई तयार गरिएको हो । गीतले एक जोडीको कथा पेस गरेको छ । जहाँ केटाले केटीलाई माया गरेता पनि केटीले स्वीकार्न सकेकी हुदिनन्, तर केटाको निस्वार्थ भावले केटी प्रेममा पर्छिन्’, मोडल लिम्बूले भने ।

गायिका खुसीले आफ्नो पहिलो गीतिसङ्ग्रहमा पाएको माया, हौसला र प्रतिक्रियाले अगाडि बढ्न प्रेरित गर्ने बताइन । ‘मेरो पहिलो प्रयासमा पाएको हौसलालाई आगामी दिनमा प्रयोग गर्ने छु । गीतसङ्गीतको नयाँ मान्छे तर यस्तै प्रतिक्रियाले मलाई निरन्तरता दिन र गन्तव्यमा पुग्न प्रोत्साहन दिन्छ’, गायिका खुसीले भनिन् ।उनले सङ्ग्रहमा आठ गीत सङ्ग्रहित भएता पनि पहिलो गीत ‘प्रेमको अर्थ’ मात्र सार्वजनिक गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्