खेलाडीको सम्मानमा हरिवंशले ल्याए गीत

सङ्गीत । अभिनेतातर्फ राष्ट्रिय चलचित्र पुरस्कार विजेता हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेलगीत‘हामी नेपाली, हाम्रो खेलाडी’ तयार गरेका छन् । उनकै स्वर रहेको गीतमा स्वीडेनमा रहेका गीतकार डा. दिपराज थापाको शब्द रचना र विशाल निरौलाको सङ्गीत सिर्जना रहेको छ ।

विभिन्न खेलमा खेलिरहेका नयाँ–पुराना खेलाडीका यथार्थ श्रव्यृदृश्य समेटिएको भिडियो सार्वजनिक गर्दै अभिनेता आचार्यले खेलाडीलाई थप प्रोत्साहन दिने उदेश्यले गीत तयार गरिएको जानकारी दिए । ‘गीतकार थापाले खेलाडी सम्बन्धी खेलगीत लेख्नुभएको रहेछ । मलाई गाइदिनुस् भन्नुभयो, पुराना खेलाडीलाई अहिलेको पुस्ताले बिर्सिसकेको अवस्था उहाँहरुप्रति पनि सम्मान हुने हिसाबले गीत गाएँ । त्यसैले गीतको भिडियोमा पुराना–नयाँ खेलाडीले खेलेका रियल दृश्यहरु राखेका छौं । खेलाडीप्रति सम्मान बोकेको यो गीत नेपालको खेल स्टेडियममा पनि बज्छ भन्ने हाम्रो अपेक्षा छ’, अभिनेता आचार्यले भने ।

बाल्यकालदेखि नै महजोडी आफ्नो आइडल रहेका कारण यो गीत गाउन आग्रह गरेको गीतकार थापाले बताए । ‘उहाँलाई दुइ–चारवटा गीतहरु पठाएँ तर सुरुमै यो गीत राम्रो मान्नुभयो’, गीतकार थापाले भने,‘नेपालमा खेलाडीहरुको देश चिनाउने दायित्व ठूलो छ । पुराना खेलाडीहरुले विश्वसामु चिनाएको इतिहास हेर्दा गौरव लाग्छ । खेलाडीलाई प्रोत्साहित गर्ने÷गराउने गीत र म्युजिक भिडीयो हामीकहाँ कमै बन्छन् । यो गीत राष्ट्रिय गीतको रुपमा गुन्जियोस् र खेलाडीहरु प्रती सम्मान र प्रोत्साहन मिलोस भन्ने कामनासहित यो गीत ल्याएका हौं ।’

कमेन्ट गर्नुहोस्