प्रेम बने योद्धा (भिडियो)

480 Shares

फिल्म । प्रेम गीत र यसको दोस्रो भागपछि निर्माण पक्षले तेस्रो सिरिज यस वर्षको अन्त्यमा रिलिज गर्ने भएको छ । छायाँकन अगावै विभिन्न कारणले चर्चामा रहेको फिल्मको मोसन टिजर सार्वजनिक गरिएको छ । अडिसनबाट नायिका चिनाएको टिमले डेब्यु हिरोलाई समेत पोस्टर मार्फत परिचित गराइएको थियो । भने , मोसन टिजर मार्फत प्रदीप खड्का अर्थात् प्रेमलाई चिनाएको छ । यसै फिल्मबाट मनिष राउत र कृष्टिना गुरुङले डेब्यु गर्दैछन् ।

टिजरमा प्रदीपको योद्धा अवतार प्रस्तुत छन् । युद्धको भूमिमा प्रदीपको प्रतिशोधलाई निर्माण पक्षले चित्रण गरेको छ । निर्माण पक्षले यसलाई २०० वर्ष पुरानो प्रेमकथा भनेको छ । छेतेन गुरुङ र सन्तोष सेनको निर्देशनमा बन्ने फिल्म २२ कार्तिक देखि छायाँकनमा जाँदैछ ।

निर्देशक गुरुङ र मन्दीप गौतमको लेखन रहेको फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय रहनेछ । आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति रहेको फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको छ भने यसमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

विज्ञापन

कमेन्ट गर्नुहोस्