फिल्म । अमेरिकाबाट निर्माण गरिएको नेपाली लघु फिल्म ‘परिवार’ को प्रिमियर शो गरिएको छ । अमेरिकामा बस्दै आएका निर्देशक सुमन दाहालले यो यसलाई अमेरिकाको ल्याक्सिनटन शहरमा छायाँकन गरेर तयार पारेका हुन् । फिल्मको प्रिमियर शो पनि आईतबार बेलुका केन्टकी स्थित ल्याक्सिनटन सिटीमा गरिएको हो । सम्राट क्रियसनको आयोजना तथा सम्राट कियसनका अध्यक्ष सम्राट दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थितले फिल्म रुचाएका थिए ।
निर्देशक सुमन दाहालले बोल्दै भने,‘मैले जानेको कुरा भनेकै फिल्म कर्म भएकाले अमेरिकामा रहेर पनि विभिन्न फिल्म निर्माण गर्दै आएको छ । मुलत विदेशमा बसेका नेपालीहरुको परिवारको एकताका लागि परिवार निर्माण गरेको हुँ ।’ प्रिमियर शोमा सबैबाट राम्रो प्रतिक्रिया पाउँदा आफु उत्साहित भएको उनले बताए । ‘परिवार’ लाई अब विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शनी गरिने पनि निर्देशक दाहालले जानकारी गराएका छन् ।
एनआरएनले आईसिसी अमोरिका रिजनका डेब्युटी रिजनल को-अर्डिनेटर पुरूषोत्तम बोहोराको विशिष्ट अतिथ्यतामा सम्पन्न परिवारको प्रिमियर शोमा एनआरएनको तर्फबाट शशी अधिकारी, एनआरएनए केन्टकी च्याप्टरका अध्यक्ष केशव लोहोनी, अन्तर्राष्ट्रीय कलाकार समाज अमेरिका केन्टकी च्याप्टर अध्यक्ष अर्जुन थापा, स्थानीय नेपाली सामाजिक संस्था एन्का अध्यक्ष थिरलाल अर्याल स्थानीय सामाजिक संस्थाका पूर्व नेत्रित्वकर्ता राम खनाल, मोहनी डुम्रे, प्रवासी नेपाली मंच अमेरिकाका उपाध्यक्ष गोपाल कंडेल, स्थानीय सामाजिक संस्थाका पूर्व उपाध्यक्ष बाबुराम अधिकरीले यो चलचित्र हेरेपछि फिल्म परिवारले परिवारमा एकता र सुख शान्तिको सन्देश दिएको बताए ।
प्रिमियर शोमा परिवारको बारेमा फिल्मकर्मीहरु प्रकाश शर्मा, संगीतकर्मी चुडामणी अवस्थी, लोक गायिका नर्मदा खरेल, सम्झना अधिकारीले पनि अमेरिकामा बसेर पनि सुमनले यथार्थ समेटिएको फिल्म भन्दै प्रसंसा गरे । इश्वर प्रवासीले कथा लेखेको यो फिल्मको पटकथा, सम्वाद रवी अर्यालले तयार गरेका हुन् । यसमा अंग्रेजी सब टाइटल सरोज प्याकुरेलको छ । यसमा अक्की शर्माको छायाँकन, रेनिश फागोको रंग संयोजन, ऐलिस कार्कीको पाश्व संगीत, मुकेश शाहको मिक्सिङ, भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
फिल्ममा वसुन्धरा भुषाल, एकनारायण सुवेदी, मन्दिरा दाहाल, डि डि कौशिक, ईश्वर प्रवासी, सविता चौलागाई, रबी कोईराला, सन्दिप अर्याल, आयुश ढुङ्गेललगायतको मुख्य भूमिका रहेको छ । चन्दा दंगालले निर्माण गरेको यो फिल्मको सह निर्माता डि डि कौशिक हुन् । सुमन दाहालले निर्देशन तयार ‘परिवार’ को निर्माण सहयोगीमा पुर्ण गौतम(इरिन इन्स्योरेन्स), मेलिस ज्वेलर्स रहेका छन् ।









