चैत्र २९ मा ‘लभ स्टेसन’ ?

फिल्म । दार्जिलिङ र पुर्वको छायाँकन सकेर यतिबेला राजधानीमा फिल्म ‘लभ स्टेसन’ को छायाँकन भईरहेको छ । प्रदीप खड्का र जसिता गुरुङ स्टारर फिल्मलाई उज्वल घिमिरेले निर्देशन गरिरहेका छन् । उज्वल केहि समयको अन्तरलमा यसै फिल्म मार्फत निर्देशनमा आएका छन् । फिल्म घोषणामै यसको डेट फागुन २४ लाई बताइएको थियो । तर अब यो फिल्म चैत्रको अन्तिम साता आउने सम्भावना बढेको छ ।

फिल्ममा लागेको लगानी उठाउन हरेक निर्माताले राम्रो डेट रोज्ने गर्छन , जसमध्य चैत्रको अन्तिम सातालाई पनि राम्रो मानिन्छ । यसैले गर्दा पनि ‘लभ स्टेसन’ चैत्र २९ मा आउने चर्चाछ । यसका निर्माताले पनि उक्त डेटलाई नकार्न सकेनन् तर उनि डेट छलफलको क्रममा रहेको बताउछन । ‘हामी डेट छलफलको क्रममा छौ , यसै साता छायाँकन सकिन्छ अनि डेट फाइनल गर्छु’ निर्माता शाहीले एक भेटमा बताए ।

लभ स्टेसन ठाउसँग जोडिएर बढ्ने कथालाइ सांगीतिक प्रेम कथामा तयार भएको फिल्म भनिएको छ । फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतको अभिनय छ । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

कमेन्ट गर्नुहोस्