सकियो ‘माग्ने राजा’ को छायांकन

फिल्म । ‘माग्ने बुढो’ को उपनामले परिचित कलाकार केदार घिमिरेको शिर्ष भूमिका रहेको फिल्म ‘माग्ने राजा’ छायांकन सकिएको छ । ४५ दिनको सेड्युल तय गरिएको फिल्मको ४३ दिनमै छायांकन सकिएको लेखक सामीप्यराज तिमल्सेनाले जानकारी दिए । काभ्रेबाट छायांकन सुरू गरिएको छायांकन काठमाडौँमा सकिएको हो ।

‘एउटा निम्नस्तरको व्यक्तिको धनि बन्ने मोहलाई यसमा देखाउने छौँ । मनोरञ्जनले भरिपूर्ण फिल्मले केही सोचनीय विषयलाई पनि उठाउने छ’, लेखक तिमल्सेनाले भने ।

फिल्ममा अभिनेता घिमिरेसँगै आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल लगायतका कलाकारले अभिनय रहनेछ। ऋषि लामिछानेको निर्देशनमा तयार भइरहेको फिल्म आगामी वर्ष विसं २०८२ को हरितालिका तीजमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ । फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्