सकियो ‘गंगुबाई काठियावाडी’को छायांकन

फिल्म । एक्ट्रेस आलिया भट्टको बेलाबखतमा अभिनयको चर्चा हुने गर्छ । डेब्यु फिल्म ‘स्टुडेन्ट अफ दि इयर’ मा सुन्दरता मार्फत चर्चामा पाएकी आलियाले हाइवे , उद्ता पञ्जाब , राजी , डियर जिन्दगी जस्ता फिल्म अभिनय देखाएकी छिन् । यद्दपी उनले अभिनय देखाउने मौका पाएकी फिल्म हो ‘गंगुबाई काठियावाडी’ ।संजय लीला भन्सालीको निर्माण तथा निर्देशनमा तयार भइरहेको फिल्मको सार्वजनिक टिजरले अलियाको अभिनय क्षमतालाई प्रस्ट्याइसकेको छ ।

माधुरी दीक्षित , दीपिका पादुकोण , रणवीर सिंह जस्ता कलाकारको अभिनय निखारेका संजयले यसपटक आलियालाई कास्ट गरेका छन् । फिल्मको छायांकन २ वर्षपछी सकिएको छ । मुम्बइको फिल्म सिटीमा बाँकी रहेको छायांकन पुरा गरिएको जानकारी आलियाले सामाजिक सञ्जाल मार्फत दिएकी छिन् । उनले उक्त क्यारेक्टरलाई २ वर्ष बाचेको जनाउदै फिल्मसंग जोडिएको सम्पूर्णलाई धन्यवाद दिएकी छिन् । संजयलिला भन्साली यो चलचित्रको छायांकन सकिएसँगै अब वेव सिरिज ‘हिरा मन्डी’को छायांकन सुरु गर्ने तयारीमा छन् । यसमा अभिनेत्री मनिषा कोइरालाको अभिनय रहने बताइएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्