दिव्या आइन् नेपाल

फिल्म । भदौ १५ गते देखि १७ गतेसम्म सञ्चालन हुने त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’ मा सहभागी हुन बिहीबार भारतीय अभिनेत्री दिव्या दत्ता नेपाल आइपुगेकी छिन् । उनि विहिबार दिउँसो इन्डिगोको विमानमार्फत नेपाल आइपुगेकी हुन् । महोत्सव आयोजक समितिका सदस्य राज शाहके अभिनेत्री दत्ता भदौ १८ मा नेपाल फर्किने जानकारी दिए । उनले अभिनेत्री दत्ताले काठमाडौं र नगरकोटका केही स्थानहरू समय मिलेसम्म घुम्ने योजना बनाएको समेत जानकारी दिए ।

बलिउड तथा पञ्जाबी फिल्मकी अभिनेत्री तथा लेखिका समेत रहेकी दत्ताले महोत्सवको पहिलो दिन शुक्रबार हुने सेसनमा आफ्नो फिल्म यात्राबारे प्रस्तुति दिनेछिन् । बलिउड अभिनेत्री समेत रहेकी मनिषा कोइराला र दिव्या दुवै जना एउटै मञ्चमा देखिने भएका छन् । दोस्रो दिन शनिबारको सेसनमा यी दुई अभिनेत्रीले दक्षिण एसियाली सिनेमाका चुनौती र सम्भाव्यताबारे अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

सन् २०१८ मा ‘इरादा’बाट भारतको राष्ट्रिय फिल्म पुरस्कार जितेकी अभिनेत्री दत्तको नाममा प्रशस्तै अवार्ड र सम्मान समावेश छन् । सन् १९९४ को फिल्म ‘इस्कमे जिना इस्कमे मर्ना’बाट अभिनय करिअर थालेकी दत्तले भाग मिल्का भाग, अग्निपथ, वीरजारा, उमराओ जानजस्ता हिट फिल्ममा अभिनय गरेकी छन् ।

कमेन्ट गर्नुहोस्