फ्राइडे फिल्म : हलमा ‘मनसरा’

फिल्म । आजदेखि ‘मनसरा’ को प्रदर्शन सुरू गरिएको छ । कवि तथा साहित्यकार उपेन्द्र सुब्बा निर्देशित फिल्ममा आत्मनिर्भर महिलामार्फत मिश्रित समाजको कथालाई प्रस्तुत गरिएको छ ।

‘कबड्डी’ शृङ्खलामार्फत फिल्म लेखनमा जोडिएका निर्देशक सुब्बाले पहिलो निर्देशकीय फिल्म ‘जारी’ मै व्यावसायिक सफलता प्राप्त गरे । दोस्रो फिल्म ‘मनसरा’ मा उहाँले सहरसँग जोडिएको ग्रामिण भेगको विषयलाई पर्दामा ल्याएका छन् । प्रिमियरमा भने फिल्मलाई सकारात्मक समिक्षा प्राप्त भएको छ ।

फिल्ममा मिरुना मगर, दयाहाङ राई, प्रविन खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतका कलाकारले अभिनय गरेकाछन् । यस्तै, दोस्रो सातामा ‘बोक्सीको घर’, चौथो सातामा ‘डिग्री माइला’ र सातौँ सातामा ‘महाजात्रा’ प्रदर्शनरत छ ।

कमेन्ट गर्नुहोस्