हलमै फिल्म ?

फिल्म । कोरोना भाइरस (कोभिड १९) को कारण सिर्जित अवस्थाले गर्दा बन्द रहेको फिल्म हल खुल्ने अपेक्षा गरिएको छ । आउँदो अक्टुबरबाट हल खुल्ने अपेक्षा सहित फिल्म ‘इन्दु कि जवानी’ रिलिज गर्ने तयारी थालिएको छ । भारतमा हल संचालकहरुले फिल्म रिलिजलाई लिएर तयारी थालेका छन् ।

पछिल्लो समय ओटीटी प्लेटफर्ममा फिल्म धमाधम रिलिज भईरहदा कियारा एडवानी अभिनित फिल्म हलमै रिलिज गर्ने तयारी थालिएको हो । ‘इन्दु कि जवानी’ अक्टुबरमा रिलिज गर्ने घोषणा भएसँगै बलिउडको माहोल तातिएको छ । कोरोनाले प्रभावित अधिकांश देशमा फिल्म हल खुलिसकेका छन् । यद्दपी भारतमा सरकारले हल खोल्ने घोषणा नगरेको कारण अन्यौलता भने कायमै छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्