एकदेवको गीतमा आश्मा (भिडियो)

संगीत । गायक एकदेव लिम्बूको ‘तिमी आयौ’ बोलको नयाँ गीतको भिडियो सोमबार युट्युवमार्फत सार्वजनीक गरिएको छ ।अभिनेत्री, मोडल आश्मा गिरी फिचर्ड भिडियोको निर्देशन बियोन्डले गरेका हुन् । सत्यघटनामा आधारित भनिएको गीत शर्मीला लिम्बूले लेखेकी हुन् भने बियोन्डकै संगीत छ । झोले प्रकाशनको छायांकन र सम्पादन रहेको भिडियोले दर्शक, स्रोताबाट सकारात्मक प्रतिक्रिया पाएको छ । भिडियो गायक एकदेवकै अफिसियल युट्युव च्यानलबाट रिलिज गरिएको हो ।

कमेन्ट गर्नुहोस्