फिल्म । अभिनेता दीपकराज गिरी सिरियलसंगै पछिल्लो समय फिल्ममा पनि सफल छन् । उनले निर्माण गरेको फिल्मले सफलताको रेकर्ड बनाउदै अगाडी बढिरहेको छ । ६ एकान ६ बाट छक्का पञ्जासम्म आइपुग्दा उनले व्यपारलाई बढाउने काम गरेका छन् । यिनै दीपकको समुहले ‘छ’ छाड्दैनन् । यहि पथमा अगाडी बढ्ने भएका छन् , धुर्मुस सुन्तली पनि ।
‘६ एकान ६’ र ‘वडा नम्बर ६’ मा निर्माताको रुपमा समेत रहेका सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अब आफैले निर्माण गर्ने फिल्मको नाम ‘छलकपट’ रखिएको छ । सुरुवाती समयमा एन्टीभाइरस नाम रहेता पनि अन्तत अन्तिम नामको रुपमा ‘छलकपट’ नै फाइनल भएको हो ।
यसको डिजाइन समेत भईसकेको छ । फिल्मलाई ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने फाइनल भएको छ भने यसमा ‘धुर्मुस-सुन्तली’ कै प्रमुख भूमिका रहने निश्चित भइसकेको छ । कमेडी जनरामा निर्माण हुने फिल्ममा अभिनेता दयाहाङ राईको पनि अभिनय रहनेछ ।










