रहेनन् राणा

फिल्म । चर्चित कलाकार बीएस राणाको निधन भएको छ । उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि एक साता अगाडि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उनले अभिनय गरेका फिल्महरुमा ‘दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायतका थिए । दर्जनौ नेपाली फिल्ममा काम गरेका बीएसको मृत्युले आफुहरुलाई दुखित बनाएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले बताइन ।

कमेन्ट गर्नुहोस्