फिल्म । साउथ इण्डियन फिल्म स्टार थलपथी विजयको नयाँ फिल्म ‘मास्टर’ हिन्दी भाषामा पनि रिलिज हुने भएको छ । आउँदो महिना जनवरीमा रिलिज गर्ने तयारीमा रहेको फिल्मको तमिल भाषामा सेन्सर समेत भईसकेको छ । फिल्मको हिन्दी डबिङ सकिएको र आउँदो हप्ता सेन्सर हुने बताइएको छ । ‘मास्टर’फिल्ममा विजय सेतुपती र माल्भिका मोहनन् पनि लिड रोलमा छन् ।
फिल्मलाई आउँदो माघे संक्रान्तिमा रिलिज गर्ने सम्भावना बढेको छ । गत वर्ष पनि यहि डेटमा महेश बाबु र अल्लु अर्जुनको फिल्म एकसाथ प्रदर्शनमा आएका थिए । यसपटक कोरोना भाइरसले सिर्जना गरेको अवस्थालाई मध्यनजर गर्दै कसैले पनि रिलिज घोषणा गरेका छैनन् । यद्दपी विजयको फिल्म जनवरीमा रिलिज हुने चर्चा बढ्दो छ । जनवरीमै रिलिज हुँदा संक्रान्तिको डेट रोज्न सक्ने सम्भावना बढ्दो छ । यो डेटमा एसएस राजामौलीको फिल्म ‘आरआरआर’ ले रिलिज घोषणा गरेको थियो । (एजेन्सी)
#Xclusiv… #Master – the much-awaited #Tamil film starring #Vijay and #VijaySethupathi – has been dubbed in #Hindi… #Hindi title #VijayTheMaster… #Hindi dubbing complete… #Tamil version censored [U/A], #Hindi version censor next week… PAN-#India release in Jan 2021. pic.twitter.com/Zq95Se6eYt
— taran adarsh (@taran_adarsh) December 25, 2020










