पोई पर्‍यो कालेको ‘माया ले’ सार्बजनिक (भिडियो)

336 Shares

फिल्म । गत तिहारको अवसर पारेर कार्तिक ८ गते बाट प्रदर्शनमा आएको फिल्म ‘पोई पर्‍यो काले’ तेश्रो सातामा प्रवेश गरेको छ । काठमाडौँको गोपीकृष्ण,गुण र अस्ट नारायणमा र काठमाडौँ बाहिरका केहि हलहरुमा प्रदर्शनरत फिल्ममा समाबेश स्याड भर्सनको गीत युट्युबमा सार्बजनिक गरिएको छ । प्रेम परियारको स्वरमा रहेको ‘माया ले’ बोलको गीतमा शब्द रघु परियारको रहेको छ भने संगीत पुरुषोत्तम न्यौपानेको रहेको छ । फिल्मले मानिसको बाहिरी रुप हेरेर राम्रो नराम्रो भनिने गलत सोच राख्नु हुँदैन भन्ने सन्देश बोकेको छ । मानिसको रुप भन्दा पनि मन सफा र गोरो हुनुपर्ने बिषयलाई उठाउन खोजेको चलचित्रमा निर्देशक शिशिर राणाकै कथा रहेको छ ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा पूजा शर्मा,आकाश श्रेष्ठ, सौगात मल्ल,श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । शिव ढकालको छायांकन रहेको चलचित्रमा अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी रहेको छ ।

तपाईको प्रतिक्रिया