फिल्म निर्माण गर्दै प्रियंका

फिल्म । अभिनेत्री प्रियंका कार्कीले यस वर्ष आफूले फिल्म मेकिङ गर्ने बताएकी छिन् । लेखक शान बस्न्यातसँग ‘शैली शो’ मा अभिनेत्री कार्कीले आफूले यो वर्ष फिल्म बनाउने तयारी गरिरहेको बताएकी छिन् । फिल्म सम्बन्धी अध्यन गरेकी प्रियंकाले वेब सिरिज समेत निर्माण गरिसकेकी छिन् ।

उनले भनिन्, ‘यो वर्ष म फिल्म मेकिङमा आउने छु । मैले फिल्ममा काम गरेर बटुलेको अनुभव र मेरो अध्यनले अब फिल्म निर्माणमा आउन तयार भएको महसुस गरेकी छु ।’ उनले छोरी आयंका कार्कीको नामबाट खोलेको निर्माण कम्पनि आयंका फिल्म्स प्रालिमार्फत ‘सिक्का’ र ‘ख्या’ चलचित्र विकास बोर्डमा दर्ता गराएकी छिन् । बोर्डमा यी दुवै फिल्ममा निर्देशकको रुपमा उनले सिमोस सुनुवारलाई राखेकी छिन् ।

हाल स्क्रीप्टको काम भइरहेको यी दुवै फिल्म मध्ये पहिला कुन निर्माण हुन्छ भन्ने उनले खुलाएकी छैनन् । यद्यपि छोटा फिल्म र वेब सिरिज निर्देशन गरेपछि प्रियंका आफैले पनि निर्देशन गर्न सक्ने चर्चा चलेको छ । तर, पछिल्लो समय फिल्म अभिनयमा व्यस्त भएसँगै प्रियंका निर्देशनको जिम्मेवारी लिने की नलिने भन्ने विषयमा दोधारमा छिन् ।अभिनेता आयुष्मान डिएस जोशीसँग विवाह गरेपछि प्रियंकाले आफ्नै प्रोडक्सन हाउस खोलेर फिल्म निर्माण गर्ने योजना बनाएकी हुन् ।

कमेन्ट गर्नुहोस्