सलमानले परिवर्तन गरे फिल्मको नाम

जयहोस् । बलिउडका स्टार सलमान खानले आफ्नै प्रोडक्सन हाउसमा निर्माण भएको फिल्मको नाम परिवर्तन गरेका छन् । ‘लभ रात्री’ नाम राखेर आफ्नै ज्वाई आयुष शर्मालाई बलिउडमा डेब्यु गराएका सलमानले उत्पन्न विवादका कारण फिल्मको नाम ‘लभ यात्री’ बनाएका छन् । केहि समय अगाडी ‘हिन्दू ही आगे’ ले फिल्मको टाइटलमा आपत्ति जनाउँदै विरोध गरेपछी सलमानले यसको नाम परिवर्तन गरेका हुन् । उनले आफ्नो सोसल मिडिया मार्फत नाम परिवर्तनको जानकारी गराएका हुन् । गत मंगलवार साँझ फिल्मको नयाँ नामको नयाँ पोस्टर लञ्च गरिएको छ । सलमानले पोस्टर शेयर गर्दै लेखे, ‘यो कुनै स्पेलिङ मिस्टेक होइन ।’अभिराज मीनावालाले निर्देशन गरेको यो फिल्म ५ अक्टूबरमा रिलिज हुँदैछ । नरेन भट्टले लेखेको फिल्ममा आयुषको अपोटिजमा वरीना हुसेन छिन् ।
कमेन्ट गर्नुहोस्