मोडलिङमा चाँदनी

फिल्म । संयुक्त अरब इमिरेट्स (यूएइ) को पहिचान नेपाली माँझ काम गर्ने गन्तव्यस्थलको रूपमा स्थापित छ । प्राय नेपाली कामकै शिलशिलामा त्यहाँ पुग्ने गरेकाछन् । खाडी मूलुक भएकाले कडा नियमसँगै जीवनशैली चल्ने गरेको चर्चा हुनेगर्छ । तर, त्यहिँ कामकै शिलशिलामा पुगेर आफ्नो रूचीलाई अगाडी ल्याउन सफल हुनुभएको नाम हो, चाँदनी पाठक । बाल्यकालदेखि नै नेपाली चलचित्रको सौखिन रहेकी पाठक दुबईकी व्यावसायिक मोडल हुन् ।

सन् २००९ मा आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल’ मा सहभागी भएपछि उनले मोडलिङ्ग यात्राको सुरुआत गरिन् । त्यसपछि उहाँले म्युजिक भिडियोमा अभिनय, नृत्य निर्देशनलाई निरन्तरता दिनुभयो ।

‘मैले अभिनयसँगै नृत्य निर्देशनलाई पनि अगाडी बढाएँ । चार वर्षसम मोडलिङ्गसँगै जोडिएको विधामा सक्रिय रहदा नै कामकै शिलशिलामा दुबई पुगेकी हुँ’,मोडल पाठकले भन्नुभयो,‘एक वर्षको लागि तय भएको गन्तव्य अहिले कर्मथलो बनेको छ । आफ्नै व्यापार छ। मोडलिंग पनि गरिरहेकी छु ।’

दुबई पुगेर उहाँले सातको हाराहारीमा भिडियोमा काम गरिसक्नु भएको छ । प्राय नेपाली समाजले आयोजना गर्ने साँस्कृतिक कार्यक्रममा उहाँको सहभागिता हुने गर्दछ । दुबकै स्थानीय भाषामा बन्ने भिडियोमा अभिनय गर्ने तयारीसमेत भईरहेको उहाँले जानकारी दिनुभयो ।

‘म दुबई पुगेपछि आफ्नै काममा केन्द्रीत थिएँ । तर आफ्नो ईच्छालाई धेरै समय दबाउन सकिन् । मेरो तस्बिर देखेर नै मलाइ स्थानीय मोडलिंग एजेन्सीले अफर गर्नुभएको हो’, मोडल पाठकले भन्नुभयो । ¥याम्प शोका लागि खिचाएको तस्बिरले केही कार्यक्रममा सहभागी हुने मौका प्राप्त भएपछि उहाँ नेपाली समाजको प्रतिनिधिसमेत बन्नुभयो ।

बाहिर चर्चा भए जस्तो अप्ठ्यारो र असहज दुबईमा नभएता पनि यूएइका अन्य सहरमा भने कानून कडा रहेको उहाँले स्वीकार्नु भयो । भूगोलको प्रभाव नगरी निरन्तर सक्रिय मोडल पाठकले नेपाल भन्दा यूएइमा अवसर बढी भएको बताउनुभयो ।

मोडल पाठकले भन्नुभयो,‘आफ्नो काम र मोडलिङ्गलाई सँगै अगाडी बढाईरहेकी छु । हाम्रो मेहनत र प्रयाशले नै सफलता दिलाउछ भन्ने उदाहरण म आफैँ हुँ । मैले दुबईमा गरिरहेको कामले अन्यलाई समेत प्रोत्साहन मिलेको छ । हामीमा प्रतिभा छ भने हाम्रो लागि मनग्य अवसर छ ।’

म्युजिक भिडियो निर्देशनको तयारीमा रहनु भएकी मोडल पाठकलाई चलचित्रमा अभिनय गर्ने रहर छ । यद्यपी त्यसको लागि उहाँ सिकाईको लागि समेत तयार हुनुहुन्छ । बाल्यकालमा अभिनेता राजेश हमाल, अभिनेत्रीद्वय करिश्मा मानन्धर र जल शाहको अभिनयबाट प्रभावित मोडल पाठकले अवसर पाए सदुपयोग गर्ने योजना सुनाउनुभयो ।
कमेन्ट गर्नुहोस्