पलको प्रश्न

181 Shares

फिल्म । म्युजिक भिडियो हुँदै फिल्ममा उदाएका अभिनेता पल शाहले पारिश्रमिक नपाएको गुनासो सहित प्रश्न गरेका छन् । फिल्म क्षेत्रमा पारिश्रमिक नपाएर धेरै कलाकार डिप्रेशनमा जान सक्ने भन्दै यस्तो अवस्था आउनु अगाडि नै सबैको सामु यो कुरा राख्न जरुरी भएको उल्लेख गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गरेका छन् ।

‘के तपाइले परिश्रम गरे अनुसार समयमा आफूले पाउनु पर्ने पारिश्रमिक नपाइराख्नु भएको छ ? के तपाइले आफूले गरेको चलचित्रको पैसा पाउन बर्षौसम्म निर्देशक, निर्मातासँग दुई हात जोड्नु परेको छ ? यो चलचित्र गरेर आएको पैसाले अर्को ठाउँबाट ल्याएको ऋण तिरौला भन्ने सोच गरेको कलाकारलाई त्यही चलचित्रको पैसा पाउन बर्षौ कुर्नु पर्दा त्यो कलाकारको दिमागमा के असर पर्ला ?’ पलले प्रश्न गरेका छन् ।

‘ पारिश्रमिक माग्दा चलचित्रले सोचे जस्तो व्यापार गरेन, ५० प्रतिशत कम गरिदिने भए गर नभए पछि विस्तारै दिउला ‘ भन्ने भनाइले मानसिक तनाव दिने पलको बुझाइ छ । फिल्ममा काम गर्ने धेरै कलाकार, प्राविधिकले पारिश्रमिक नपाएको गुनासो गरेपनि उनीहरुले खुलेरै प्रतिक्रिया दिने गरेका छैनन् । यसमा पल अगाडी देखिएका छन् । पलले स्टाटस मार्फत आफ्नो भनाइ प्रस्तुत गरेसंगै अन्य फिल्मकर्मीले पनि यो बिषयमा खुलेरै बोल्ने अनुमान गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्