घोषित डेटमै ‘आरआरआर’

फिल्म । भारतका विभिन्न राज्यमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको विरामीको संख्या बढ्न थालेपछि फिल्म हलहरु बन्द गर्न शुरु गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ओमिक्रोनका बिरामी बढेपछि दिल्लीमा ५० प्रतिशत अकुपेन्सीमा सञ्चालन भइरहेका सिनेमा हलहरु पूर्ण रुपमा बन्द गर्ने घोषणा गरेका छन् । मंगलबार मुख्यमन्त्री केजरीवालले पत्रकार सम्मेलन गर्दै स्पा, जिम र फिल्म हलहर बन्द गर्ने घोेषणा गरेका हुन् । उनले दिल्लीमा ०.५ प्रतिशत भन्दा बढी कोभिडका बिरामीहरु बढेको कारण यस्तो निर्णय लिएको बताएका छन् ।

दिल्लीमा हल बन्द भएपछि प्रदर्शनको लागि तयार फिल्म ‘जर्सी’ स्थगित भएको छ । अब यो फिल्म ‘ओटीटी’ प्लेटफर्ममा आउन सक्ने अनुमान गरिएको छ । यद्दपी जनवरी १४ मा प्रदर्शनमा आउने भनिएको फिल्म ‘आरआरआर’ नसर्ने भएको छ । भारतीय मिडियाका अनुसार फिल्म नसार्ने निर्णयमा निर्देशक एसएस राजमौली पुगेका छन् । कोरोना भाइरसले निम्त्याएको महामारीका कारण घोषित समय भन्दा एकवर्षपछि रिलिजको तयारीमा रहेको उनले रिलिज गर्ने निर्णय लिएका छन् ।

बहुबालीपछि दर्शक माँझ आउन लागेका निर्देशक राजमौलीबाट धेरै अपेक्षा गरिएको छ । फिल्मको पब्लिसिटी पनि जोडतोडले भईरहेको छ । फिल्ममा जुनिएर एन्टीआर , राम चरण , अजय देवगन , आलिया भट्ट लगायतको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्