गसिप । अदिती बुढाथोकी नेपाली मोडलिङसँग चासो राख्ने परिचित नाम हो । नायक अनमोल केसीसँग फिल्म ‘कृ’ मा को-स्टार भएर काम गरेपछि उनको चर्चा फिल्ममा पनि उत्तिकै भयो । यद्यपि उनको अभिनयले मोडलिङझैँ चर्चा नपाउँदा अर्को फिल्म पाउन मुस्किल भयो । सामाजिक सञ्जालमा सक्रिय र धेरै फ्लोअर भएकी अदिती मुम्बईमा बसेर मोडलिङ गर्छिन् ।
थुप्रै पटक भारतीय मिडियामा फिचर्ड भइसकेकी छिन् । सामाजिक सञ्जालमा आकर्षक फोटो राख्ने कारणले पनि उनलाई पछ्याउने फ्यानको संख्या धेरै छ । तर, यसको प्रभाव उनको करियरमा देखिदैन । विशेषत फिल्ममा स्टार बन्ने उनको सपना मोडलिङमै सिमित छ ।
दोस्रो फिल्म होम प्रोडक्सनबाट गरेकी अदितिलाई पुनः करियरमा फाईदा भएन । ‘बाबरी’मा आफ्नो माता पितालाई निर्माता बनाएर उनले ‘कृ’कै निर्देशक सुरेन्द्र पौडेललाई लिएर काम गरेकी अदिति हिजो आज पुनः तस्बिरकै कारण चर्चामा छिन् । उनले युएई पुगेर सार्वजनिक गरेको तस्बिरले उनलाई सामाजिक सञ्जालमा चर्चामा ल्याएको छ ।
उनका फ्यानले बोल्डनेसको खुलेर तारिफ गरेता पनि त्यो चर्चा फिल्म र त्यसको पात्रको बारेमा गर्दैनन् । त्यसैले होला उनी मोडलिङमै सिमित छिन् ।










