‘धड़क’ गर्लले सुरु गरिन् दोस्रो फिल्म

फिल्म । डेब्यु फिल्म ‘धड्क’ मार्फत नै चर्चामा आएकी जाह्नवी कपूरले दोस्रो फिल्मको छायाँकन लखनउबाट सुरु गरेकी छिन । उनले छायाँकन सुरु गरेको तस्वीरले मिडियामा राम्रो चर्चा पाइरहेको छ । उनि दोस्रो फिल्ममा पाइलट बन्दैछिन् । सन् १९९९ को कारगिल युद्धमा आफ्नो ज्यानको पर्वाह नगर्दै युद्ध लडेकी गुन्जन सक्सेनाको बायोपिकमा जाह्नवी देखिदैछिन् । गुन्जनलाई फाइटर पाइलट भनेर चिनिने गरिन्छ । जाह्नवीले केहि समय पाइलटको ट्रेनिङ लिएर फिल्मको छायाँकन सुरु गरेकी हुन् । डेब्यु फिल्म मार्फत नै दर्शकको मनमा बस्न सफल उनले करण जोहरको फिल्म ‘तख्त’ मा पनि काम गर्नेछिन् । (एजेन्सी)

 
View this post on Instagram
 

A post shared by janhvikapoor_fan_ (@janhvikapoor_fan_) on

कमेन्ट गर्नुहोस्