‘मुन्ना भाइ ३’ मा सोनाम ?

फिल्म । संजय दत्तको बायोपिक फिल्म ‘सन्जु’ गतवर्ष प्रदर्शन भयो । फिल्मलाई दर्शकले अत्यधिक रुचाए । यसफिल्मपछी संजयको फ्यानमा उनिप्रतिको रेस्पेक्ट अझै बढ्न गयो तर उनको फ्यानले भने मुन्ना भाइको सिरिजमा उनलाई हेर्न चाहेका थिए । सन्जुकै समयमा निर्देशक राजकुमार हिरानीलाई ‘मुन्ना भाइ ३’ कहिले बन्छ भन्ने जिज्ञाषा अधिकाँस दर्शक तथा पत्रकारले राखेका थिए । त्यससमयमा सन् २०१९ मा फिल्मको छायाँकन सुरु हुने निर्देशक हिरानीले बताएक थिए । तर फिल्मको छायाँकन यसवर्ष सुरु हुने सम्भावना कम रहेको खबर केहि समय अगाडी मात्र आएको थियो ।

पछिल्लो समय बलिउडमा चलिरहेको ‘मिटू’ मा निर्देशक हिरानी पनि मुछिएपछी प्रोजेक्टपछी सर्ने सम्भावना बढेको हो । उनलाई सन्जुकै एक एसिस्टेन्ट निर्देशक जो महिला थिइन् , उनले आरोप लगाएकी थिइन् । तर अब उनले फिल्मको कामलाई अगाडी बढाईसकेका छन् । कथामा काम गरिरहेका हिरानीले हिरोइनमा सोनाम कपुरलाई कास्ट गर्ने सोच बनाएका छन् । उनि नजिकको श्रोतको भनाइलाई आधार मान्दै केहि भारतीय मिडियाले सोनामको सम्भावना औल्याएका छन् । फिल्मका निर्माता विधु विनोद चोपडाले निर्माण गरेको पछिल्लो फिल्म ‘एक लड्कीको देखा टो ऐसा लगा’ मा सोनामले अभिनय गरेकी छिन । सोनामको काम मार्फत प्रभावित भएका चोपडाले मुन्ना भाइ सिरिजमा कास्ट गर्ने सोच बनाएका छन् । उनको सोचसँग हिरानी पनि सहमत छन् ।

कमेन्ट गर्नुहोस्