फिल्मबाट फुर्सदिली आँचलको व्यस्तता कता ?

गसिप । यसै पनि आँचल शर्मा फिल्मबाट फुर्सदमै थिइन्। वर्षमा मुश्किलले उनको एउटा फिल्म रिलिज हुने गरेको थियो। ज्यादाजसो समय उनी म्युजिक भिडियोमै व्यस्त थिइन्। ‘दाल भात तरकारी’ पछि कुनै फिल्म साइन नगरेकी आँचलले स्क्रिप्ट छान्दा–छान्दा गरेर ‘झिँगे दाउ’ साइन गरेकी थिइन्। बजारमा आएको समाचारअनुसार यो फिल्म भदौबाट फ्लोरमा जाने कुरा थियो। तर, फेरि स्क्रिप्ट नै सोचेजस्तो नभएको भन्दै निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मको सुटिङ थामेका छन्। अब फिल्मको सुटिङ तिहारपछि मात्र हुनेछ।

यसअघि आँचलले असीम शाहको निर्देशनमा बन्न लागेको फिल्म ‘डामाडोल’ पनि साइन गरेकी थिइन्। यो फिल्मको पनि त्यही हालत छ। सुटिङ सुरु हुने समय नाघेको धेरै भइसक्यो। बन्ने-नबन्ने टुंगो छैन। म्युजिक भिडियोमा जति व्यस्त भए पनि फिल्मको हकमा भने आँचल फुर्सदमै छिन्। तर, यो फुर्सदलाई उनले प्रेममा भने राम्ररी नै इन्भेस्ट गरिरहेकी छिन्। उदीप श्रेष्ठको प्रेममा रहेकी उनको धेरै समय उनीसँग भर्चुअल कुराकानीमा खर्चने गरेको उनका इन्स्टा पोस्टले नै बताउँछन्।

(सम्पूर्ण साप्ताहिकबाट साभार)

कमेन्ट गर्नुहोस्