नम्रता भन्छिन् ‘अनुभवी आशुतोष’

फिल्म । यतिबेला अभिनेत्री नम्रता श्रेष्ठ फिल्म ‘जाइरा’ को प्रमोसनमा व्यस्त छिन् । उनले फिल्ममा शिर्ष भूमिका निर्वाह गरेकी छिन् भने उनि मिक्स मार्शल आर्टको खेलाडीको रुपमा छिन् । उनले फिल्मको क्यारेक्टरकै लागि ८ महिना प्रशिक्षण लिएकी थिइन् भने कपाल पनि काटिन । उनले ‘जाइरा’ बन्न आफ्नो तर्फबाट केहि कसर बाँकी राखिनन् । फिल्म गर्दै गएपछि एक समयमा आएर उनि निर्मात्री समेत बनिन् । लभर गर्लको क्यारेक्टर निर्वाह गर्दै आएकी नम्रताले यस फिल्ममा आएर धेरै चुनौती लिएकी छिन् ।

उनले ट्रेलर रिलिज कार्यक्रममा छायांकनको अनुभव शेयर गरिन् । ‘सुरुवाती समयमा फाइट गर्न निकै गाह्रो भयो तर पछि केहि आदत पनि भयो’ नम्रताले भनिन् । नम्रताले फाइट सिन गर्दा पेन बढ्दै गएपछि पेनकिलर खाएर पनि काम गरेको उनका को-स्टारहरुले खुलाए । उनले नम्रताको लगनशीलता देखेर नै आफ्नो हातमा चोट लाग्दा पनि छायांकन नरोकेको सुनाए । यसै बीच नम्रताले डेब्यु निर्देशक आशुतोष श्रेष्ठको तारिफ गरिन् ।

उनले आफुले काम गरेका निर्देशकहरुको तुलनामा आशुतोषसंग राम्रो अनुभव भएको बताइन । ‘मलाइ अहिलेसम्म कुनै निर्देशकले तपाइँ पहिलोको जस्तो देखियो भन्थेनन् तर उसले मलाइ हरेक सिनमा भन्थ्यो’ नम्रताले निर्देशकको तारिफ गर्दै थपिन् ‘ उसले गर्दा नै मैले जाइरालाई पूर्ण रुपमा पर्दामा देखाउन सकेकि जस्तो लाग्छ ।’

‘जाइरा’ मा नम्रतासँगै प्रमोद अग्रहरी, अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् । निर्देशक श्रेष्ठ र निरोज महर्जनले पटकथा तयार पारेका हुन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्रचार्यको सम्पादन छ । अभिनेत्री श्रेष्ठको होम प्रोक्डक्सन नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सम्राट बस्नेको द्वन्द्व निर्देशन छ ।

कमेन्ट गर्नुहोस्