फिल्ममा फरक सृष्टि

जयहोस् । सन् २०१२ को मिस नेपालको टाइटल विजेता हुन् सृष्टि श्रेष्ठ । उनले मिस नेपाल भएको केहि समयपछी फिल्ममा डेब्यु गरिन । उनले अहिलेका पपुलर स्टार अनमोल केसीसँग फिल्म ‘गाजलु’ मा अभिनय गर्दै फिल्मनगरीमा आफुलाई प्रवेश गराएकी थिइन् । यिनै सृष्टि ‘कभी जो बादल बर्से’ बोलको गीतको कभर भिडियोमा आफुलाई ग्लामर मोडेलको रुपमा प्रस्तुत गरेकी छिन , तर फिल्ममा भने उनि ‘सिम्पल गर्ल’ नै देखिएकी छिन । अर्थात् उनले अभिनय गरेर रिलिज भएको फिल्महरु गाजलु , रोमियो एण्ड मुना र बाँध मायालेमा उनि सिम्पल गेटअपमा प्रस्तुत भएकी छिन । उनलाई पात्र अनुरुप नै देखिएको भन्ने प्रतिक्रिया पनि मिलेको छ । ग्लामर फिल्डको ताज पहिरेकी सृष्टिले आफुलाई साधारण रुपमा प्रस्तुत गर्नु फरक नै मानिएको छ । या भनौ , निर्देशकले उनलाई यस्तै किसिमको भूमिकामा प्रस्तुत गरिरहेका छन् । सृष्टि पनि आफ्नो मिस नेपालको टाइटल र आफ्नो फिल्मको भूमिकालाई फरक रुपमा लिन्छिन । ‘मेरो टाइटल र मैले गर्ने काम फरक हो जस्तो लाग्छ’ अन्तर्वार्ताको क्रममा सृष्टिले भनिन् ‘मैले धेरै सोचेर नै यसक्षेत्रमा आएकी हु ।’ उनले मिस नेपालको टाइटल जिते लगतै केहि समय मोडलिङलाई दिईन , त्यसपछी उनले फिल्ममा डेब्यु गरेकी हुन् । यिनै सृष्टि आफुलाई आउदा दिनमा भने फरक भूमिकामा प्रस्तुत गर्ने सोचमा छिन । तर उनको टाइटल र फिल्मको पात्र देख्दा उनले यसलाई अपनाई सकिन भन्ने पनि छन् । उनलाई आफुलाई कसरि अगाडी बढाउछिन यो भने आउदा फिल्मले नै प्रस्ट्याउने छ ।
कमेन्ट गर्नुहोस्