पारिवारिक प्रेम कथा हो गुनगुन – निर्देशक भट्टराई

फिल्म । कार्तिक ३० मा रिलिज हुने फिल्म ‘गुनगुन’को ट्रेलर तथा दुई सार्वजनिक भईसकेको छ । आउदै गरेको चाडपर्वलाई लक्षित गर्दै निर्माण युनिट विभिन्न इभेन्टमा सहभागी हुने सोचाइमा समेत छन् । यसै बीच निर्माण पक्षले फिल्मको विषयवस्तुको बारेमा जानकारी गराएका छन् । निर्देशक , निर्माता तथा कलाकार पुकार भट्टराई र कलाकारहरु सुवास मेचे तथा रविन्द्र प्रताप सेनले जानकारी गराएका हुन् । ‘फिल्म पारिवारिक प्रेम कथा , यो कहिले पुरानो हुदैन’ निर्देशक भट्टराईले बताए ।

फिल्ममा शिर्ष भूमिकामा अभिनेत्री संचिता लुइँटेल छिन । तर उनि पब्लिसिटीमा देखिएकी छैनन् । ‘हामीले उनलाई विश्वास गरेर फिल्मको टाइटल नै दियौ , अब उँहा किन पब्लिसिटीमा आउनु हुदैनन् उँहालाई नै थाहा होला सयाद बिजी हुनुहुन्छ’ निर्देशक भट्टराईले बताए । आफ्नो कलाकारिताको अनुभव मार्फत निर्माण गरेको फिल्मको पब्लिसिटीमा कलाकार नदेखिदा निर्देशक भट्टराई केहि निराश थिए ।

प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ । फिल्ममा हिमाल केसीको द्वन्द , अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ ।

कमेन्ट गर्नुहोस्