सङ्गीत । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नयाँ नेतृत्व पाएको छ । संस्थाको पाँचौं महाधिवेशनबाट चन्द्रमणी गौतमको नेतृत्वमा पन्ध्र सदसीय नयाँ कार्यसमिति चयन भएको हो । निर्विरोध चयन कार्यसमितिमा अध्यक्षमा चन्द्रमणी गौतमसँगै संस्थाको वरिष्ठ उपाध्यक्षमा सुदर्शन प्रसाद आचार्य, उपाध्यक्षमा हरि प्रसाद दुलाल, सचिवमा कमल चौलागाई, सहसचिवमा शिबराम भण्डारी, कोषाध्यक्षमा शरणप्रसाद हुमागाई र सह कोषाध्यक्षमा कल्पना रेग्मी चयन भएका छन् ।
यस्तै सदस्यहरुमा गोपिकृष्ण चापागाईं, सविता पोखरेल, तुल बहादुर परियार, शिखर जंग श्रेष्ठ , करिस्मा केसी, बिनिता कुँवर क्षेत्री, बाबुराम सिग्देल, कविराज ढकाल चयन भएका छन् ।चयन भएसँगै अध्यक्ष गौतमले लोक सञ्चारकर्मीको हकहितका लागी काम गर्ने बताए । उनले लोकगीतसंगै लोकसंस्कृति, सम्पदा, भेषभुषा, परम्परा, लोकसाहित्य बिधामा निरन्तर सञ्चारमाध्यम मार्फत आवाज उठाइरहेका सन्चारकर्मीहरुको भलोका लागी संस्थाले सदैव काम गर्ने र देशैभरीका त्यस्ता सञ्चारकर्मीको पहिचान गरी संस्थामा आवद्ध गराउने बताए । साथै उनले लोक सञ्चारकर्मी कल्याणकारी कोषको पनि छिट्टै नै स्थापना गर्ने घोषणा गरे ।
यस्तै संस्थाका संस्थापक अध्यक्ष गोविन्द गिरीले नयाँ कार्यसमितिलाई बधाईसँगै शुभकामना दिए । उनले अहिलेको समय डिजिटल दुनियामा धेरै अगाडी पुगिसकेको र समयसँगै पत्रकारिता गरिरहेका युवाहरु नयाँ कार्यसमितिमा आएको भन्दै खुसी ब्यक्त गरे । संस्थाको विसं २०६५ सालमा तत्कालिन गोरखा एफएमका लोक गीतको कार्यक्रम सञ्चालक गिरीको अध्यक्षतामा ९ सदस्य कार्यसमिति गठन भएको थियो ।












