दबंगको सेटबाट भिडियो लिक

49 Shares

फिल्म । सलमान खानको सफल फिल्ममा पर्छ ‘दबंग’ । सन् २०१० मा रिलिज भएको दबंग हिट मात्र भएन , सलमानले फिल्ममा निर्वाह गरेको क्यारेक्टर ‘चुलबुल पाण्डे’ लाई पनि दर्शकले रुचाए । त्यसपछी दर्शकले यसको सिक्वेललाई सन् २०१२ मा हेरेका थिए । दबंगलाई अनुभव सिन्हाले निर्देशन गरेका थिए भने यसको सिक्वेललाई अरबाज खानले । अब यसको तेस्रो भाग अर्थात् ‘दबंग ३’ को शुटिङ सुरु भएको छ । खान ब्रदर्स अर्थात सलमान खान र अरबाज खानले फिल्मको घोषणा गरेको तेस्रो दिन नै फिल्मको गीत छायाँकनको भिडियो लिक भएको छ ।

शुटिङमा सलमान चुलबुल पाण्डेको अन्दाजमा देखिएका छन् । यसै गीतबाट सलमानको फिल्ममा इन्ट्री हुन्छ । भिडियोमा सलमान कुल एण्ड ह्याण्डसम देखिएका छन् । सलमानलाई चुलबुल अवतारमा हेर्न आतुर रहेका दर्शकले आउँदो क्रिसमसमा उनलाई हेर्न पाउने भएका छन् । भारतको छायाँकन सकाए लगतै सलमानले ‘दबंग ३’ लाई समय दिएका हुन् । फिल्मलाई सलमानकै नजिकका साथी प्रभुदेवाले निर्देशन गर्दैछन । प्रभुकै निर्देशनमा तयार भएको फिल्म ‘वान्टेड’ पछी सलमानको करियर उकालो लागेको थियो । फिल्ममा सलमानको को-स्टार सोनाक्षी सिन्हा छिन् भने अन्य कलाकारको बारेमा जानकारी दीएको छैन ।

Facebook Comments