फिल्म । गत वर्ष सन् २०१९ मा बलिउडमा ऋतिक रोशन अभिनित दुइ फिल्म प्रदर्शनमा आए । प्रदर्शन भएको सुपर ३० र वार दुबैले बक्स अफिसमा आफुलाई सफल बनाए । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) को कारण ‘लकडाउन’ रहेका कारण सबै घरमै छन् । यसैक्रममा बलिउड एक्टर ऋतिकको पछिल्लो समय अपकमिङ फिल्मको लिस्ट सार्वजनिक भएको छ । उनले अभिनय गर्ने केहि प्रतिक्षित फिल्मको लिस्ट सार्वजनिक भएसँगै उनको फ्यान उत्साहित भएका छन् ।
‘कहो ना प्यार हे’ डेब्यु अभिनेता ऋतिक चर्चामा रहेको फिल्म मध्य एक हो , ‘ब्ल्याक टाइगर’ । फिल्मलाई राजकुमार गुप्ताले निर्देशन गर्ने र यसमा ऋतिकसँगै अर्जुन कपूर पनि देखिने चर्चा छ । यद्दपी यसको घोषणा भने गरिएको छैन । तर , ऋतिकको यो फिल्म घोषणा हुन् सक्ने बताइएको छ । साथै , उनले आफ्नै होम प्रोडक्सनको फिल्म ‘क्रिस’ सिरिजलाई पनि निरन्तरता दिनेछन् । उनकै पिता राकेश रोशनको निर्देशन रहने फिल्मलाई आउँदो वर्षसम्म फ्लोरमा लग्ने तयारीमा टिम रहेको छ ।
यसका साथै ऋतिकले रोहित धवनको निर्देशनमा बन्ने फिल्ममा पनि काम गर्नेछन । सुपरहिरोकै कथा हुने भनिएको फिल्ममा पनि ऋतिकले विशेष तयारी गर्नेछन् । यसैले गर्दा पनि दर्शकले आउदो वर्ष उनलाई भिन्न भिन्न अवतारमा देख्न पाउनेछन् । (एजेन्सी)










