पर्खाइमा ‘अदिति’

फिल्म । मुम्बईमा बसेर फिल्ममा करिअर बनाउन संघर्षरत अदिति बुढाथोकीले ‘कृ’बाट अनमोल केसीको अपोजिटमा डेब्यू गर्ने खबर आउँदा धेरैका कान ठाडा भएका थिए। सामाजिक सञ्जालमा सुन्दर देखिने अनमोल र अदितिको जोडीले हलमा दर्शकको भीड लगाउने अनुमान थियो। तर, फिल्म रिलिज हुँदा कतै पनि त्यो क्रेज देखिएन।

यतिबेला यही फिल्म युट्युबमा रिलिज भएको छ र एक दिनमै २० लाखभन्दा बढी दर्शकले हेरेका छन् । यति मात्र होइन, फिल्ममा दर्शकले अनमोल त छँदै छन् अदितिलाई पनि खूब मन पराएका छन् । युट्युबमा फिल्म हेर्ने दर्शकले उनको अभिनयसँगै सुन्दरताको पनि प्रशंसा गरेका छन् । ‘कृ’ पछि मुम्बई गएकी उनलाई फेरि कुनै निर्माताले नेपाली फिल्मका लागि सम्झिएका छैनन् । के युट्युबका कमेन्टले अदितिको दिन फिराउलान् त ?

(सम्पूर्ण साप्ताहिकबाट )

कमेन्ट गर्नुहोस्