फिल्म । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘रणवीर’ बाट डेब्यु गरेकी एक्ट्रेस हुन् , सुपुष्पा भट्ट । धनगढीकी सोझी युवतीको भूमिकामा देखिएकी सुपुष्पाको लुक्सलाई सबैले रुचाए । फिल्मले व्यासवायिक सफलता नापाएता पनि चर्चा भयो । फिल्म हेर्नेले राम्रो भने नै साथै सुपुष्पालाई सम्भावना बोकेको एक्ट्रेसमा देखे । त्यसपछि पपुलर स्टार अनमोल केसीसँग एक विज्ञापनमा देखिएकी उनले यसवर्ष केहि फिल्म गर्ने भएकी छिन् । रणवीरपछी नै भोजपुरी फिल्ममा आइरहेको प्रस्तावलाई उनले अध्यनको कारण देखाउदै स्वीकारेकी छैनन् ।
यिनै सुपुष्पा यसवर्ष दिपेन्द्र लामाको निर्देशनमा तयार भइरहेको फिल्म ‘छमाया छपक्कै’ मा देखिनेछिन् । यससँगै उनले रोज रानाको निर्माण रहने फिल्म ‘खलनायक २’ मा अभिनय गर्ने चर्चा पनि फिल्मनगरीमा छ । किनकी फिल्मलाई ‘रणवीर’ निर्देशक गोविन्द सिंह भण्डारीले निर्देशन गर्दैछन् । सुपुष्पाको अभिनय बारे निर्माण पक्षले आधिकारिक रुपमा केहि बोलिसकेको छैन् , तर पनि उनको सम्भावना अत्यधिक छ ।












